७० वर्षको उमेर हद उपयोगी नभएपछि हटाएका हौँ : केपी ओली « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

७० वर्षको उमेर हद उपयोगी नभएपछि हटाएका हौँ : केपी ओली


२ असार २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएकाले हटाएको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भए पनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेर हद हटाइएको बताएका हुन् ।

उनले भने, ‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एक्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौँ। यस्तो अमेरिकामा छ, बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ, चीनमा छ, कहीँ छ ? चीनमा थियो, हटिसक्यो। अब सी चिङफिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो। हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो । अनि, चीनले पनि यसलाई सच्यायो। ६५ वर्ष थियो साइप्रसमा। साइप्रसले पनि हटाइसक्यो काम लाग्ने रहेनछ भनेर। सबभन्दा पछि हामीले राखेका हौँ ७० वर्ष । दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा। चिनिया कम्युनिस्ट पार्टी, साइप्रसको पार्टी र हाम्रो पार्टी। अरूले छाडे, हामीले पनि अन्तिममा छोड्नै पर्‍यो।’

Tags :
प्रतिक्रिया दिनुहोस