पर्यटकको सुरक्षाका लागि शे–फोक्सुन्डो तालमा प्रहरी चौकी स्थापना « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुन्डो तालमा प्रहरी चौकी स्थापना


३२ जेष्ठ २०८०, बिहिबार


जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुन्डो ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीय स्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई बिस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश ढकालले बताए ।

त्यसै गरी पछिल्लो समय शे–फोक्सुन्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुन्डो सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुन्डोमा पर्यटक प्रहरी युनिटकोसमेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए ।

शे–फोक्सुन्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरी चौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिँदै आइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस