जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा उठेका सबै प्रश्नमाथि छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने बताइन् ।

गृहमन्त्रीको समय उपलब्धताका विषयमा बुझेर छलफलको मिति तय गर्ने उनको प्रस्ताव समिति बैठकले अनुमोदन गरेको छ । निर्वाचन आयोगले भने जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस