जापान । जापानमा आइतवार साँझ भएको बस दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था छ । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । आजको कान्तिपुरमा खबर छ ।