२८० छात्रालाई साइकल वितरण  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

२८० छात्रालाई साइकल वितरण 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ  कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको हो।

गाउँपालिकाले शिक्षामा छात्राहरूलाई आकर्षित गर्नका लागि ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान सञ्चालन गरी शिक्षामा जोड दिएको छ। आधारभूत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्देश्यले ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान चलाएको हो।

गाउँपालिकाले २८० जना छात्रालाई साइकल र ४३२ जना छात्रालाई शैक्षिक सामग्री दिएको छ। गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो। कक्षा ६ का विद्यार्थीलाई झोला, एकरएक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस