सिंहदरवारको फोहोर नउठाएको मुद्दाको सुनुवाइ आज हुँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सिंहदरवारको फोहोर नउठाएको मुद्दाको सुनुवाइ आज हुँदै


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सिंहदरवार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।

अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो।

फोहोर उठाउने जिम्मेवारीबाट काठमाडौँ महानगरपालिका पन्छिन नपाउने रिटमा उल्लेख छ।

केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पनि रिटमा विपक्षी बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस