गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते


२ बैशाख २०८०, शनिबार


काठमाडौँ । काठमाडौँको गैरीधारामा शुक्रबार राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् ।

प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घटना घटेको ज्ञवालीले बताए ।

प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस