काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो अभिलेखबाट नेता मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी छोडेको घोषणा गरेका थिए।
केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।