नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सुरु


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ।

ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले बुधबारदेखि पदयात्रा सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गोरखा दरबारमा आयोजित कार्यक्रममा पश्चिम पृतनापति उपरथी दिपककुमार बाँनियाले पदयात्राको शुभारम्भ गरेका छन्। गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ किलोमिटर पदयात्रा गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस