देश बनाउने जिम्मेवारी युवाको हो : प्रदीप पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देश बनाउने जिम्मेवारी युवाको हो : प्रदीप पौडेल


११ चैत्र २०७९, शनिबार


दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन् ।

रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताए ।

‘देश आजको अवस्थामा आई पुग्नुमा युवाको ठुलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ’, पौडेलले भने, ‘युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।’ पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरूक बन्नुपर्ने धारणा राखे ।

‘रोटरी, लायन्स जस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पुर्‍याएको छ, युवालाई एकजुट पनि बनाएको छ’, पौडेलले भने, ‘यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ ।’ रोटर्याक्ट क्लब अफ दमौलीसहित रोटर्याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सह आयोजकको रूपमा छन् ।’

कार्यक्रममा देशभरका एक सय ८० रोटर्याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता छ । आन्तरिक पर्यटन प्रवर्द्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचार–प्रसार गर्नेसमेत कार्यक्रमको उद्देश्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस