राष्ट्रपति पौडेललाई अमेरिकाले दियो बधाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेललाई अमेरिकाले दियो बधाई


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।

पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस