जिल्ला प्रशासनबाटै राहदानी पाएपछि सेवाग्राही खुसी  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जिल्ला प्रशासनबाटै राहदानी पाएपछि सेवाग्राही खुसी 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । डोल्पामा जिल्ला प्रशासनबाटै राहदानी वितरण सुरु गरिएको छ ।

राजधानी जाउ-जाय गर्न समय र आर्थिक हिसाबले पनि खर्चिलो हुने भएकाले पहिलो पटक जिल्लाबाटै पासपोर्ट (राहदानी) सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले बताए । अब जिल्लाबाटै प्रक्रिया पूरा गरेको एक महिनामा राहदानी पाइने प्रजिअ अधिकारीले बताए ।

उनले भने, ‘काठमाडौँ आउ जाऊ गर्न खर्च बढी लाग्छ, भीड हुन्छ समय बढी लाग्छ, त्यही भएर जिल्लाबाटै राहदानी वितरणको व्यवस्था गरेका हौँ ।’ 

माघ १० अनलाइन फारम भर्न सुरु भएकोमा हाल सम्म २३ जनाले राहदानीका लागी आवेदन दिएका थिए । आवेदन दिएका मध्ये १३ जनाले राहदानी पाई सकेका छन् भने १० जनाको राहदानी उपलब्ध गराउन बाँकी छ । 

जिल्लाबाटै राहदानी पाएपछि सेवाग्राही खुसी भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस