नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भए लगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई।’

आज भएको निर्वाचनमा नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस