आयुर्वेद क्याम्पसका इन्टर्नसिप डाक्टरहरू १८ दिनदेखि आन्दोलनमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आयुर्वेद क्याम्पसका इन्टर्नसिप डाक्टरहरू १८ दिनदेखि आन्दोलनमा


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका विएएमएस तहका इन्टर्नसिप डाक्टरहरू एक सूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा रहेका छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्टर्न गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् । 

धर्नाले मात्रै आफूहरूको माग सुनुवाइ नभएको भन्दै उनीहरूले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस इन्टर्न डा. सुनिल भुसालले आफूहरूलाई महिनामा एक जान पनि बिरामी नआउने अस्पतालमा इन्टर्नका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए। चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम मापदण्डको ५० प्रतिशत पनि पुरा नभएको क्याम्पसमा आफूहरूलाई इन्टर्नमा पठाइँदा उत्पादित जनशक्तिको गुणस्तरमा समेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस