काठमाडौँ । प्रि–ओपन सेसनमा मङ्गलवार सेयर बजारमा उकालो लागेको छ ।
नेप्से परिसूचकमा १.२८ अङ्कले वृद्धि भई २०२४ विन्दुमा आएको छ ।
यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।