अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अनेरास्ववियुका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भएको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ।

नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।

महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा विष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा.सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।

फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनमा १५१७ जनाले मतदान गरेका थिए। महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस