जनकपुर। मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको छ।
सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मङ्गलवार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।