पुरानो बानेश्वरमा छोरीको हत्या गरेर बुबाले गरे आत्महत्या « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पुरानो बानेश्वरमा छोरीको हत्या गरेर बुबाले गरे आत्महत्या


२१ माघ २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरमा बाबु छोरीको शव फेला परेको छ।

७ वर्षीया छोरीको हत्या गरेपछि बुबाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

रामेछाप घर भई काठमाडौँमा फार्मेसी सञ्चालन गर्दै आएका किशोर भण्डारीले छोरीको घाँटी रेटेर हत्या गरेपछि आफूले पासो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

उनीहरू दुवै जनाको शव कोठामा नै फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस