सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौँ : गोकर्ण विष्ट « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौँ : गोकर्ण विष्ट


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले तत्कालका लागि सरकारमा नजाने बताएका छन् । सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताए । 

विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’

आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए बताए । गुल्मी क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा चौथो पटक निर्वाचित भएका विष्टले गएको निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गरे ।

विष्टले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस