समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालयको बैठक सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालयको बैठक सुरु


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस