गाउँपालिका अध्यक्ष साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

गाउँपालिका अध्यक्ष साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित


२२ मंसिर २०७९, बिहिबार


बैतडी । नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।

मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

यसका साथै एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस