महान्यायाधिवक्ता कार्यालयको लिफ्टमा थुनिए कर्मचारी  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

महान्यायाधिवक्ता कार्यालयको लिफ्टमा थुनिए कर्मचारी 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयमा लिफ्ट बिग्रिएर आधा घण्टा कर्मचारी थुनिएका छन्। कार्यालयमा खाजा पुर्‍याउन गएका क्यान्टिनका एक कर्मचारी र एक सरकारी वकिल थुनिएका हुन्। 

२ बजेतिर लिफ्ट चढेका उनीहरू लिफ्ट बिग्रिएर नखुलेपछि आधा घण्टा थुनिएका हुन्।। खाजा पुर्‍याउन गएका कर्मचारी नआएपछि क्यान्टिन सञ्चालकले खोज्ने क्रममा लिफ्टमा रहेको थाहा पाएका थिए। 

उनले प्रयास गर्दा पनि लिफ्ट खुलेन। पछि ५, ६ जना भएर काठ, रडलगायतको सहायताले लिफ्टको ढोका खोलेर उनीहरूको उद्धार गरिएको थियो।  

Tags :
प्रतिक्रिया दिनुहोस