वर्षमान पुन आज चीन जाँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

वर्षमान पुन आज चीन जाँदै


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन्।

नेता पुनलाई पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।

यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।

चीन-नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ।

नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी सिला पनि जाँदै छिन् ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस