बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगर  वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। 

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरूप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ । एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस