बालबालिकाले बालगृहमै लगाए भाइटीका « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालबालिकाले बालगृहमै लगाए भाइटीका


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।

तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् ।

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटिका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् । विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस