सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक सुरु


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।

आइतबारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै धेरै पेल्न खोजेमा बाहिरिने चेतावनी दिएका थिए।

आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो।

बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए।

गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए।

नेकपा एकीकृत समाजवादीले कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस