झापामा वडा कार्यालय नजिकै बोराभित्र शव भेटियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झापामा वडा कार्यालय नजिकै बोराभित्र शव भेटियो


१३ असार २०७९, सोमबार


काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो।

आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव फेला परेको हो।

‘शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ। टाउकोमा गम्भीर चोट लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकृतले भने।

करिब ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। शवलाई धरान लगिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस