काठमाडौँ । रोपाइँको सिजन सुरु भइसक्दासमेत सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै कैलालीमा विरोध प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ(क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी विशेष समिति सदस्य विनोद विष्ट कैलाली सचिव गणेश ढकालले सम्बोधन गरेका थिए ।