विश्व वातावरण दिवस आज, प्राकृतिक स्रोतको दिगो विकासमा राष्ट्रपतिको जोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्व वातावरण दिवस आज, प्राकृतिक स्रोतको दिगो विकासमा राष्ट्रपतिको जोड


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

यस वर्ष ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो।

वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको बताएकी छन्। विश्व वातावरण दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीको संरक्षण गर्दै सबै खाले प्राकृतिक स्रोतको दिगो विकासका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय पद्धतिको विकास गर्ने कुरा आजको मुख्य चुनौती रहेको उल्लेख गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस