संसदमा ७ वटा अध्यादेश पेस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसदमा ७ वटा अध्यादेश पेस


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सङ्घीय संसदमा विभिन्न ७ वटा अध्यादेश पेस भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गरे ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधि तेस्रो संशोधन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश पेस गरे ।

भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश पेस गरिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद यादवले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस