उत्तर कोरियामा ज्वरोबाट २१ जनाको मृत्यु, कोभिडको पनि आशङ्का « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उत्तर कोरियामा ज्वरोबाट २१ जनाको मृत्यु, कोभिडको पनि आशङ्का


३१ बैशाख २०७९, शनिबार


सोल । उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ ।

उनीहरुलाई कोभिड भएको आशङ्का पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो । कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए ।

यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो ।

त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस