भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार


२५ बैशाख २०७९, आइतबार


भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस