एआईजी थापा काममा फर्किए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एआईजी थापा काममा फर्किए


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै बिदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा काममा फर्किएका छन् ।

तेस्रो नम्बर वरीयताका एआईजी आइजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल बहादुर थापाले बिदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन बिदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।

तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन भएका हुन् ।

निर्वाचन सेलको कमान्डर रहेका थापा चुनावको मुखमा बिदा बस्दा असर पुग्ने निष्कर्षसहित उनलाई काममा फर्किन भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस