भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवद्धारा पदभार ग्रहण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवद्धारा पदभार ग्रहण


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । भारतमा नयाँ प्रधान सेनापति र विदेश सचिवले कार्यभार सम्हालेका छन्। मनोज पाण्डेले शनिवार भारतीय सेनाको २९ औँ प्रधान सेनापतिका रूपमा कार्यकाल सुरु गरेका हुन्।

मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकाश पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन्। पाण्डे सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका थिए।

भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ। नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन्।

हर्षवर्द्धन शृङ्गलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव बनेका हुन्।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए। क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस