धनगढी उपमहानगरका मेयरका उम्मेदवार हमालले चुनाव चिन्ह पाए “आँप” « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

धनगढी उपमहानगरका मेयरका उम्मेदवार हमालले चुनाव चिन्ह पाए “आँप”


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । धनगढी उपमहानगरका मेयरका उम्मेदवार गोपाल हमालले “आँप” चुनाव चिन्ह पाएका छन्।

निर्वाचन आयोगको तालिकाअनुसार शनिवार निर्वाचन चिन्ह वितरण गर्दैछ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई “आँप” चुनाव चिन्ह वितरण गरेको बताएका हुन्।

विवेकशील साझा पार्टी छाडेका हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए।

हमाल चार वर्षदेखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए।

हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढङ्गले मेयर उठेका थिए। तर नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडसँग उनी पराजित भए।

त्यस बेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस