आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यको सियो नेपाल भित्रिएको हो ।

पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ ।

सो मूल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ ।

विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्विडेन, स्विट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।

नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा आयात गरेकोभन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस