प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास


२० चैत्र २०७८, आइतबार


वाराणसी । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ ।

नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्त्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

यसैबिच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरूबिच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस