एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने विप्लवको अभियान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने विप्लवको अभियान


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने बताएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन्।

उनले भने, ‘एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरूसँग मिलेमतो गरेर यो देशलाई लिलाम गर्न खोजेका छन्। त्यो राष्ट्रघाती प्रवृत्ति, देश घाती प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरू एकताबद्ध गर्ने अभियानमा छौँ।’

विप्लवले देशभक्त र देशघातीबीच ध्रुवीकरण भएको बताए। उनले यो लडाइँमा प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने धारणा राखे। सामन्तवादलाई गाउँ गाउँबाट लखेट्नुपर्ने भन्दै नयाँ खालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘चन्दा मागेर खाने पार्टीबाट श्रम गरेर खाने पार्टी बन्नुपर्छ। नव धनाढ्य वर्गको सत्तालाई खरानी बनाउनुपर्छ। त्यसका लागि नयाँ मोर्चा बनाउन आवश्यक छ। दलाल पुँजीवादी सत्ताका विरुद्ध लडौँ। नेपाली जनताहरू परिवर्तन चाहन्छन्। गलत प्रवृत्तिसँग निर्ममतापूर्वक सङ्घर्ष गर्न आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस