पलको बयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पलको बयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोग लागेका नायक पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेर भएको थाहा भएको उल्लेख गरेका हुन् ।

उनले सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बिच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेका जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ । तर उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् ।

उनले बयानमा भनेका छन्, ‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईँले मलाई स्विकार्नुपर्छ भन्ने म्यासेजहरू मलाई प्रेषित गरेकी थिइन् । छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गराएको छ । उनलाई १२ देखि १४ वर्ष जेल सजाय माग दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस