देशभर तापक्रम बढ्ने क्रममा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देशभर तापक्रम बढ्ने क्रममा


१ चैत्र २०७८, मंगलबार


काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।  मंगलबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन्चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस