कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित


२२ फाल्गुन २०७८, आइतबार


राजदूत

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सुरु भएको । संसद् बैठक सुरु हुनुअघि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय लगातारजसो कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिरहेका छन् । एमालेको अवरोध कसरी हटाउने र उसले अवरोध जारी राखे संसद्लाई कसरी क्रियाशील बनाउने भन्नेबारे बैठकमा छलफल हुने बताइएको छ।

एमालेले भने आफ्नो दल विभाजनमा सभामुख सहयोगी बनेको भन्दै संसद् अवरोध जारी राख्नेदेखि सभामुखले बोलाएका बैठक बहिष्कार गर्ने सम्मका गतिविधिलाई निरन्तरता दिइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस