यी भू–भागमा हुनेछ आज वर्षा र हिमपात « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यी भू–भागमा हुनेछ आज वर्षा र हिमपात


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

आज राति देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सफा रहनेछ पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस