काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्।
अध्यक्ष नेपालले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउदै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका हुन् ।
आज (शुक्रबार) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । उनले नेपाली राजनीतिमा कालो बादल मडारिएको भन्दै पूर्वराजालाई पार्टी खोल्न सुझाए ।
नेपालले गणतन्त्रविरुद्ध कुनै कदम अगाडि बढे पूर्व मेचीदेखि पश्चिमसम्म आवाजको विस्फोट हुने चेतावनी समेत दिए।