काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ७३ जना लेखा अधिकृतको सरुवा गरेको छ ।
कार्यालयले विभिन्न निकायमा कार्यरत लेखाअधिकृतहरुको सरुवा गरेको हो ।
लेखा अधिकृतहरूको सरुवामा केहीले असन्तुष्टि जनाएका छन् । काम तथा ज्येष्ठताका आधारमा प्राथमिकता दिएर सरुवा गर्नुपर्नेमा पावरका आधारमा सरुवा गरेको उनीहरूको भनाई छ ।
त्यसो त कतिपय लेखा अधिकृतहरू अनेक थरी तिकडम गरेर लामो समयदेखि मालदार अड्डामै अड्डा जमाई रहेको पनि उनीहरूले बताएका छन् ।
सम्बन्धित समाचार : ३३ जना सह लेखापालको सरुवा