नेपाली काँग्रेस : थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली काँग्रेस : थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।

पार्टीको वेबसाइटमार्फत काँग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश नम्बर २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका क्रियाशील सदस्यको नयाँ र नवीकरण गरिएको सदस्यता सूची पार्टीको वेबसाइटमा प्रकाशित छ।

काँग्रेसमा अझै ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ।

यीमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्ला छन्। प्रदेश २ का रौतहट, बारा, पर्सा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ भने बागमती प्रदेशको रसुवा जिल्लाको क्रियाशील सूची पनि सार्वजनिक हुन सकेको छैन।

प्रदेश २ का सिराहा, धनुषा, महोत्तरी र सर्लाहीको भने क्रियाशील विवरण सार्वजनिक भइसकेका छन्। क्रियाशील सदस्यता सार्वजनिक भएका ठाउँमा अब वडा अधिवेशन गर्ने बाटो खुलेको छ। वडा अधिवेशन गर्न क्रियाशील सदस्य मतदाता हुन्छन्।

काँग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ मा जिल्ला अधिवेशन गर्ने भनेको छ। डोल्पा र रसुवामा अधिवेशनका काम नै सुरु हुन सकेका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस