काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्।

आज (सोमबार) बिहान सकिएको मतगणनाअनुसार ६४९ मतसहित अधिकारी सभापति पदमा निर्वाचित भएका हुन्। उनी भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत मात्रै ल्याएका थिए।

महानगरको सभापति पदमा हिरामणि अधिकारी र बचन कार्की पनि उठेका थिए।

काँग्रेसले गाउँ नगर अधिवेशन सकिएका ठाउँमा असोज ९ देखि पालिका अधिवेशन सुरु गरेको छ।

काँग्रेसले १४ ‍औँ महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने भनेको छ।

महाधिवेशनअगाडि तल्ला तहका अधिवेशन भइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस