बागमतीमा एकीकृत समाजवादी संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल र सचेतकमा हुमागाईं चयन « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

बागमतीमा एकीकृत समाजवादी संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल र सचेतकमा हुमागाईं चयन


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले उनीहरुलाई चयन गरेको हो ।

यस्तै बागमतीमा गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।

गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस