झापामा कांग्रेसको वडा अधिवेशन एकदिन ढिलो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

झापामा कांग्रेसको वडा अधिवेशन एकदिन ढिलो


१५ भाद्र २०७८, मंगलबार


झापा । नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने आज बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताए । अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा सुबोधबाबु चिलवाल आउनुभएको छ । बैठकमा जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ/नगरका सभापतिहरुको सहभागितामा रहेको थियो ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन बैठकमा आग्रह गरेका थिए । सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा जानकारी दिएका थिए । जिल्लाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी/सदस्यलाई निर्वाचन/मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई भदौं १८ गते नै खटाउने, सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस