जुम्लामा ‘मास्क बैङ्क’ स्थापना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जुम्लामा ‘मास्क बैङ्क’ स्थापना


२९ श्रावण २०७८, शुक्रबार


जुम्ला । जुम्ला बजारमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मूल नाराका साथ मास्क बैङ्क स्थापना गरिएको छ।

सरकारले सुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी पार्न मास्क बैङ्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन्। कसैसँग मास्क नभए बैङ्कबाट लिन सकिने छ। यस्तै‚ मास्क हुनेले बैङ्कलाई उपलब्ध गराउन सक्ने प्रसाईँले बताइन्।

मास्क बैङ्कमा सशस्त्र प्रहरी खटिएको छ। सशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठका अनुसार मास्क दिने र लिने क्रम बढिरहेको छ। मास्कका बैङ्कका लागि सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस