प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभाको बैठक बस्दै


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हाल नेपाली काँग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा २०७८ साल साउन १५ गते निधन भएको थियो । उनको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस